YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 10:10-15

यूहन्‍ना 10:10-15 सरल नेपाली

चोर त चोर्न, मार्न र नाश गर्नलाई मात्र आउँछ। तर मचाहिँ तिनीहरूले जीवन पाऊन् र त्‍यो प्रशस्‍त मात्रामा पाऊन् भनेर आएको हुँ। “असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्‍नो भेडा बचाउन मर्न पनि तयार हुन्‍छ। तर भेडा हेर्न राखेको नोकरचाहिँ ब्‍वाँसालाई देख्‍दा भेडालाई छोडेर भाग्‍छ किनभने भेडाहरू उसका आफ्‍ना होइनन्। ब्‍वाँसाले भेडाहरूलाई झम्‍टन्‍छ र तितरबितर पार्छ। ऊ नोकर मात्र हो। उसलाई भेडाहरूको वास्‍ता हुँदैन, त्‍यसैले ऊ भाग्‍छ। “असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्‍तै म मेरा भेडाहरूलाई चिन्‍छु र भेडाहरूले पनि मलाई चिन्‍छन्। म भेडाहरूको लागि आफ्‍नो जीवन नै दिन पनि तयार छु।

यूहन्‍ना 10 पढ्नुहोस्

यूहन्‍ना 10:10-15 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति