यूहन्ना 10:10-15
यूहन्ना 10:10-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ। म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ। त्यो भाग्छ, किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेड़ाको केही वास्ता गर्दैन। “म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेड़ाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु।
यूहन्ना 10:10-15 नेपाली समकालीन संस्करण (NCV)
चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म ता तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ। “म असल गोठालो हुँ। असल गोठालाले भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। भाडाको मालिक भेडाहरूको आफ्नै होइनन्, त्यसकारण जब त्यसले ब्वाँसो आउँदै गरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ र भाग्छ; त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ। त्यो मानिसचाहिँ भाग्छ, किनकि त्यो ता भाडाको मानिस हो, र भेडाहरूका लागि त्यसले केही वास्ता गर्दैन। “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, अनि म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु।
यूहन्ना 10:10-15 पवित्र बाइबल (NERV)
एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ। “म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन। “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु।
यूहन्ना 10:10-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चोर त चोर्न, मार्न र नाश गर्नलाई मात्र आउँछ। तर मचाहिँ तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएको हुँ। “असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्नो भेडा बचाउन मर्न पनि तयार हुन्छ। तर भेडा हेर्न राखेको नोकरचाहिँ ब्वाँसालाई देख्दा भेडालाई छोडेर भाग्छ किनभने भेडाहरू उसका आफ्ना होइनन्। ब्वाँसाले भेडाहरूलाई झम्टन्छ र तितरबितर पार्छ। ऊ नोकर मात्र हो। उसलाई भेडाहरूको वास्ता हुँदैन, त्यसैले ऊ भाग्छ। “असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्तै म मेरा भेडाहरूलाई चिन्छु र भेडाहरूले पनि मलाई चिन्छन्। म भेडाहरूको लागि आफ्नो जीवन नै दिन पनि तयार छु।