YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:9-18

यूहन्‍ना 1:9-18 सरल नेपाली

त्‍यो उज्‍यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्‍यालो हुनुहुन्‍छ। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्‍वास गरे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्‍तान हुने हक दिनुभयो। तिनीहरूले मानिस र उसको शारीरिक इच्‍छा-अभिलाषाबाट जन्‍म पाएका होइनन्, तर परमेश्‍वर नै तिनीहरूका पिता हुनुहुन्‍छ। वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ अनुग्रह र सत्‍यले भरिपूर्ण हुनुहुन्‍थ्‍यो। हामीले उहाँको ठूलो महिमा देख्‍यौं। उहाँले पाउनुभएको महिमाचाहिँ पिताको एकमात्र पुत्रलाई सुहाउने महिमा थियो। यूहन्‍नाले उहाँको बारेमा गवाही दिएका थिए। उनले कराएर भने, “मपछि आउनुहुने मभन्दा धेरै महान् हुनुहुन्‍छ किनभने उहाँ म जन्‍मिनुभन्दा अघि नै हुनुहुन्‍थ्‍यो। मैले भनेको यो कुरा उहाँकै बारेमा हो।” उहाँको भरिपूर्णताबाट हामी सबैले धेरैभन्दा धेरै अनुग्रह पाइरहेका छौं किनभने मोशाबाट हामीले व्यवस्था पाएका थियौं, तर येशू ख्रीष्‍टद्वारा हामीले परमेश्‍वरको अनुग्रह र सत्‍यता पाएका छौं। परमेश्‍वरलाई कसैले पनि कहिल्‍यै देखेको छैन। तर परमेश्‍वरसँग हुनुहुने एकमात्र पुत्रले उहाँलाई देखाउनुभएको छ।

यूहन्‍ना 1 पढ्नुहोस्