भोलिपल्ट येशू गालील क्षेत्रमा जाने निर्णय गरेर निस्कनुभयो। त्यसै बेला उहाँले फिलिपलाई भेट्टाउनुभयो र भन्नुभयो, “मेरो पछि लाग।” फिलिपचाहिँ पत्रुस र अन्द्रियासजस्तै बेथसेदा सहरका मानिस थिए। त्यसपछि फिलिपले नथानेललाई भेट्टाएर भने, “धर्मशास्त्रमा मोशा र अगमवक्ताले जसका बारेमा लेखेका थिए, उहाँलाई हामीले भेट्यौं। उहाँ त नासरतमा बस्ने योसेफका छोरा येशू पो हुनुहुँदो रहेछ।” यो सुनेर नथानेलले भने, “के नासरतबाट पनि कुनै राम्रो कुरा आउन सक्छ र?” फिलिपले भने, “आएर हेर!” नथानेललाई आफूतिर आइरहेको देखेर येशूले भन्नुभयो, “हेर, उनी पक्का इस्राएली हुन्, उनमा कुनै छलकपट छैन।” नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्नुभयो?” येशूले जवाफ दिनुभयो, “फिलिपले तिमीलाई डाक्नुभन्दा अघि तिमी नेभाराको रूखमुनि हुँदा नै मैले तिमीलाई देखिसकेको थिएँ।” नथानेलले भने, “गुरु, तपाईं त परमेश्वरका पुत्र हुनुहुँदो रहेछ, तपाईं इस्राएलीहरूका राजा पो हुनुहुँदो रहेछ।” येशूले भन्नुभयो, “मैले तिमीलाई नेभाराको रूखमुनि देखें भन्दैमा के तिमीले विश्वास गरेका हौ? तिमीले योभन्दा पनि ठूला कुराहरू देख्नेछौ।” येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्वरका स्वर्गदूतहरूलाई मानव पुत्रमा ओर्लिंदै-उक्लिंदैगरेका देख्नेछौ।”
यूहन्ना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 1:43-51
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू