YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:37-42

यूहन्‍ना 1:37-42 सरल नेपाली

यो सुनेर ती दुई चेलाहरूले येशूलाई पछ्याए। येशूले फर्केर हेर्दा तिनीहरूले आफूलाई पछ्याएको देख्‍नुभयो अनि सोध्‍नुभयो, “तिमीहरू के खोज्‍दै छौ?” उनीहरूले भने, “गुरु, तपाईं कहाँ बस्‍नुहुन्‍छ?” उहाँले जवाफ दिनुभयो, “आएर हेर!” त्‍यति बेला बेलुकीको चार बज्‍न लागेको थियो। उनीहरू येशूसँग गए अनि उहाँ बस्‍नुहुने ठाउँ हेरे र त्‍यो दिन उहाँसँगै बसे। यूहन्‍नाको कुरा सुनेर येशूको पछि लाग्‍ने दुईमध्‍ये एक जनाचाहिँ सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए। अलिक बेरपछि आफ्‍नो दाजु सिमोन पत्रुसलाई भेटेर उनले भने, “हामीले मसीहलाई भेट्यौं।” (हिब्रू भाषामा ‘ख्रीष्‍ट’ को अर्थ ‘मसीह’ हो।) अन्‍द्रियासले सिमोनलाई येशूकहाँ लगे। येशूले सिमोनलाई देखेर भन्‍नुभयो, “तिमी योआनेसका छोरा सिमोन हौ। हेर तिम्रो नाउँ केफास हुनेछ।” (‘केफास’ को अर्थ ‘पत्‍थर’ हो र यसलाई ग्रीक भाषामा ‘पत्रुस’ भनिन्‍छ।)

यूहन्‍ना 1 पढ्नुहोस्