YouVersion लोगो
खोज आइकन

यर्मिया 7:21-26

यर्मिया 7:21-26 सरल नेपाली

“ए मेरा प्रजा, कुनै-कुनै बलिदान तिमीहरूले वेदीमा पूरा जलाउनुपर्छ र कुनै-कुनै तिमीहरूले खान सक्‍छौ। तर म परमप्रभु भन्‍छु, ती सबै नै बरु तिमीहरूले नै खाइहाल। तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट निकालेर लिइआउँदा मैले तिनीहरूलाई होमबलि वा अरू बलिदानहरूबारे केही आज्ञा दिइनँ। तर मैले तिमीहरूलाई यसो भनेको थिएँ, मेरो कुरा मान र मेरो आज्ञाअनुसार आफ्‍ना जीवन बिताओ। त्‍यसो भए तिमीहरूलाई भलाइ हुनेछ, म तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ। तर तिनीहरूले मेरा कुरा मानेनन्, त्‍यसमा केही ध्‍यान दिएनन्। त्‍यसका सट्टामा तिनीहरूले आफ्‍ना अट्टेरीपन र दुष्‍ट हृदयका इच्‍छाअनुसार काम गरिहिंडे। त्‍यसरी तिनीहरू अझै दुष्‍ट हुँदैगए। तिमीहरूका पुर्खाहरू मिश्रबाट निस्‍केका दिनदेखि आजसम्‍म मैले बारम्‍बार मेरा सेवक र अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएको छु। तर कसैले मेरा कुरा मानेनन्, त्‍यसमा ध्‍यानै दिएनन्। त्‍यसका सट्टामा तिमीहरू आफ्‍ना पिता-पुर्खाहरूभन्दा अझ अट्टेरी र विद्रोही भयौ।

यर्मिया 7 पढ्नुहोस्