परमप्रभुले भन्नुभयो, “यो ठाउँ मरुभूमि भएको छ, यहाँ कोही मानिस वा जन्तु बास गर्दैन भनी मानिसहरूले भन्नेछन्। तिनीहरूले साँचो भन्दछन्। यहूदाका सहरहरू र यरूशलेमका बाटोहरू रित्ता भएका छन्। कोही मानिस वा जन्तु त्यहाँ बास गर्दैन। तर यी ठाउँमा तिमीहरूले फेरि खुसी र आनन्दका सोर र बिहेका भोजका रमाहटको आवाज सुन्नेछौ। मानिसहरूले मेरो मन्दिरमा आफ्ना धन्यवाद बलिहरू लिई आउँदा तिनीहरूले गीत गाएका तिमीहरूले सुन्नेछौ। तिनीहरूले यसो भन्नेछन्: ‘सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ र उहाँको प्रेम सदासर्वदा रहन्छ।’ “म यस देशको फलिफाप पहिलेकोजस्तै गराउनेछु। म परमप्रभु बोलेको छु।”
यर्मिया 33 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 33:10-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू