यर्मिया 33
33
अर्को आशापूर्ण प्रतिज्ञा
1पहरेदारहरूको चोकमा म आफैं कैदी हुँदा परमप्रभुको सन्देश मकहाँ फेरि आयो। 2पृथ्वी सृष्टि गरेर, त्यसको आकार बनाएर त्यसलाई स्थापित गर्नुहुने परमप्रभु मसित बोल्नुभयो। उहाँको नाम परमप्रभु हो र उहाँले मलाई भन्नुभयो, 3“मलाई पुकार र म तँलाई जवाफ दिनेछु। तैँले नजानेका उदेक र अचम्मका कुराहरूबारे म तँलाई भन्नेछु। 4म परमप्रभु इस्राएलका परमेश्वर भन्दछु कि घेरा हालेका र हमला भएका कारण यरूशलेमका घरहरू र यहूदाका राजमहलहरू भत्काइनेछन्। 5कतिले बेबिलोनीहरूसँग लड्दा मैले मेरो रिस र प्रचण्ड क्रोधमा प्रहार गर्न आँटेकाहरूको लाशले घरहरू भरिनेछन्। यस सहरका बासिन्दाहरूका दुष्कर्मले गर्दा मैले यस सहरलाई त्यागेको छु। 6तर म यस सहर र यहाँका बासिन्दाहरूलाई निको पार्नेछु र फेरि स्वस्थ तुल्याउनेछु। म तिनीहरूलाई प्रसस्त मात्रामा सुख-शान्ति र सुरक्षा दिनेछु। 7म यहूदा र इस्राएललाई कैदबाट फर्काई ल्याउनेछु र तिनीहरूलाई फेरि अघिकै जस्तो बनाउनेछु। 8मेरो विरुद्धमा तिनीहरूले गरेका पापबाट म तिनीहरूलाई शुद्ध पार्नेछु र म तिनीहरूका पाप र विद्रोह क्षमा गर्नेछु। 9यरूशलेम मेरो निम्ति आनन्द, इज्जत र गौरवको मूल बन्नेछ र मैले यरूशलेमका बासिन्दाहरूको निम्ति गरेका भलाइका कामहरू र त्यस सहरमा ल्याएका फलिफापका कुराहरू सुनेर पृथ्वीका हरेक जाति डरले थरहरी हुनेछ।”
10परमप्रभुले भन्नुभयो, “यो ठाउँ मरुभूमि भएको छ, यहाँ कोही मानिस वा जन्तु बास गर्दैन भनी मानिसहरूले भन्नेछन्। तिनीहरूले साँचो भन्दछन्। यहूदाका सहरहरू र यरूशलेमका बाटोहरू रित्ता भएका छन्। कोही मानिस वा जन्तु त्यहाँ बास गर्दैन। तर यी ठाउँमा तिमीहरूले फेरि 11#१ इतिहास 16:34; २ इतिहास 5:13; 7:3; एज्रा 3:11; भजनसंग्रह 100:5; 106:1; 107:1; 118:1; 136:1खुसी र आनन्दका सोर र बिहेका भोजका रमाहटको आवाज सुन्नेछौ। मानिसहरूले मेरो मन्दिरमा आफ्ना धन्यवाद बलिहरू लिई आउँदा तिनीहरूले गीत गाएका तिमीहरूले सुन्नेछौ। तिनीहरूले यसो भन्नेछन्:
‘सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद देओ
किनभने उहाँ भलो हुनुहुन्छ
र उहाँको प्रेम सदासर्वदा रहन्छ।’
“म यस देशको फलिफाप पहिलेकोजस्तै गराउनेछु। म परमप्रभु बोलेको छु।”
12सर्वशक्तिमान् परमप्रभुले भन्नुभयो, “कोही मानिस वा जन्तु बास नगरेको यो मरुभूमिजस्तो ठाउँमा एक पल्ट फेरि भेडा-बाख्रा चर्ने खर्कहरू हुनेछन्। 13पहाडी देशका सहरहरू, पहाडका फेदीका जग्गा, यहूदाको दक्षिणी भाग, बेन्यामीनको इलाका, यरूशलेम चारैपट्टिका गाउँ र बस्तीहरू र यहूदाका सहरहरूमा गोठालाहरूले आ-आफ्नो भेडा-बाख्राहरूको गन्ती लिनेछन्। म परमप्रभु बोलेको छु।”
14 #
यर्मिया 23:5,6 परमप्रभुले भन्नुभयो, “त्यो समय आउँदै छ, जब म आफूले इस्राएल र यहूदाका मानिसहरूसित गरेको प्रतिज्ञा पूरा गर्नेछु। 15त्यस बेला दाऊदको वंशबाट राजा हुनलाई एक जना धर्मी पुरुषलाई म छान्नेछु। त्यस राजाले सारा देशमा असल र न्यायको काम गर्नेछन्। 16यहूदा र इस्राएलका मानिसहरू बचाइनेछन् र तिनीहरू सुरक्षासाथ बास गर्नेछन्। यरूशलेम सहरको नाम ‘परमप्रभु हाम्रो उद्धार’ हुनेछ। 17#2 शमूएल 7:12-16; १ राजा 2:4; १ इतिहास 17:11-14म परमप्रभु प्रतिज्ञा गर्दछु कि सधैँ दाऊदको एक जना सन्तान इस्राएलको राजा रहनेछ 18#गन्ती 3:5-10अनि मलाई सेवा गर्न र होमबलि, अन्नबलि र अरू बलिदानहरू चढाउन लेवीका कुलबाट पूजाहारीहरू रहनेछन्।”
19परमप्रभुले मलाई भन्नुभयो, 20“मैले दिन र रातसित एक-एक वटा करार बाँधेको छु र तिनीहरू सधैँ ठीकठीक बेलामा आउँदछन् र त्यो करार कहिल्यै भङ्ग गर्न सकिनेछैन। 21त्यस्तै प्रकारले दाऊदसित तेरो सन्तानबाट एक जना सधैँ राजा हुने करार बाँधेको छु र लेवी कुलका पूजाहारीहरूसित तिनीहरूले सधैँ मेरो सेवा गर्ने भनी मैले करार बाँधेको छु। ती करारहरू कहिल्यै भङ्ग गर्न सकिनेछैनन्। 22म मेरो सेवक दाऊदको सन्तान र लेवी कुलका पूजाहारीहरूका सङ्ख्या बढाउनेछु र तिनीहरूको गन्ती लिन त्यस्तै असम्भव हुनेछ, जस्तो आकाशका तारा वा समुद्रका किनारमा भएका बालुवाका कणको गन्ती लिन असम्भव छ।”
23परमप्रभुले मलाई भन्नुभयो, 24“मैले चुनेका दुई परिवार इस्राएल र यहूदालाई मैले नै त्यागेको छु भनी कसरी मानिसहरूले भन्दै छन्, त्यो के तैँले सुनिस्? यसकारण तिनीहरूले मेरा प्रजालाई घृणाको दृष्टिले हेर्छन् र तिनीहरूलाई एउटा जाति हो भनी ठान्दैनन्। 25तर म परमप्रभुले दिन र रातसित एउटा करार बाँधेको छु र पृथ्वी र आकाश चलाउने नियमहरू बनाएको छु। 26जसरी पक्का प्रकारले यी कामहरू मैले गरेको छु, त्यसरी नै म याकूबका सन्तानसित र मेरो सेवक दाऊदसित बाँधेको आफ्नो करार पूरा गर्नेछु। अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्य गर्न म दाऊदको सन्तानबाट एक जनालाई चुन्नेछु। म मेरा प्रजालाई दया गर्नेछु र फेरि तिनीहरूको पहिलेको जस्तै फलिफाप गराउनेछु।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 33: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.