YouVersion लोगो
खोज आइकन

यर्मिया 28

28
यर्मिया र हनन्‍याह
1 # २ राजा 24:18-20; २ इतिहास 36:11-13 त्‍यही वर्ष सिदकियाह यहूदाका राजा भएका चौथो वर्षको पाँचौँ महिनामा अज्‍जूरका छोरा गिबोनबासी अगमवक्ता हनन्‍याहले मन्‍दिरमा पूजाहारी र मानिसहरूको सामुन्‍ने मलाई यी वचन सुनाए। 2सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, “मैले बेबिलोनको राजाका अरूहरूलाई दबाउने जुवा तोडिदिएको छु। 3अबको दुई वर्षमा नबूकदनेसर राजाले बेबिलोनमा लगेका मन्‍दिरका सारा धन-सम्‍पत्ति म यस ठाउँमा फर्काई ल्‍याउनेछु। 4म यहोयाकीमको छोरो, यहूदाको राजा यहोयाकीनलाई पनि र बेबिलोनमा कैद गरी लगिएका यहूदाका सबै मानिसहरूसमेत फर्काई ल्‍याउनेछु। अनि अवश्‍य म बेबिलोनको राजाको जुवालाई तोडिदिनेछु। म परमप्रभु बोलेको छु।”
5तब मन्‍दिरमा उभिएका पूजाहारीहरू र सबै मानिसहरूको सामुन्‍ने मैले हनन्‍याहलाई भनें, 6“त्‍यस्‍तै होस्! परमप्रभुले त्‍यस्‍तै गरून्! उहाँले तिम्रो यो अगमवाणी पूरा गराऊन् र बेबिलोनबाट मन्‍दिरका सारा धन-सम्‍पत्ति र त्‍यहाँ कैदमा लगिएका सबै मानिसहरूलाई फर्काई ल्‍याऊन्। 7तर म तिमीलाई र सबै मानिसहरूलाई के भन्‍छु, त्‍यो सुन। 8तिमी र मभन्दा धेरै समय अघिका अगमवक्ताहरूले धेरै जाति र शक्तिशाली राज्‍यहरूमा लडाइँ, अनिकाल र रुढीहरू आउनेछन् भनी अगमवाणी गरेका थिए। 9तर शान्‍ति आउनेछ भनी अगमवाणी गर्ने अगमवक्ताचाहिँ साँच्‍चै परमप्रभुबाट पठाइएको हो भनी तब मात्र चिनिनेछ, जब उसको अगमवाणी पूरा हुनेछ।”
10तब हनन्‍याहले मेरो काँधबाट जुवा निकाले र त्‍यसलाई भाँचिदिए 11र तिनले सबै मानिसहरूको सामुन्‍ने यसो भने, “यसरी नै राजा नबूकदनेसरले जाति-जातिका काँधमा लगाएका जुवा म भाँचिदिनेछु भनी परमप्रभुले भन्‍नुभएको छ र त्‍यो दुई वर्षभित्र उहाँले गर्नुहुनेछ।” त्‍यसपछि म बिदा भएँ।
12त्‍यसको केही समयपछि परमप्रभुले मलाई हनन्‍याहकहाँ गई यो कुरा भन्‍ने आज्ञा गर्नुभयो, 13“परमप्रभुले भन्‍नुभएको छ कि तैँले काठको जुवा त भाँच्‍न सक्‍लास् तर म त्‍यसको सट्टामा फलामको जुवा लाइदिनेछु। 14सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले भन्‍नुभएको छ कि यी सबै जातिहरूलाई फलामको जुवा लाइदिनेछु र यिनीहरूले बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नेछन्। म जङ्गलका जनावरहरूलाई पनि उसको सेवा गर्न लाउनेछु भनी परमप्रभुले भन्‍नुभएको छ।”
15तब मैले हनन्‍याहलाई यसो भनें, “हनन्‍याह, सुन! परमप्रभुले तिमीलाई पठाउनुभएको होइन र तिमी यी मानिसहरूलाई एउटा झूटो कुरो विश्‍वास गर्न लाउँदै छौ। 16अनि परमप्रभु आफैंले तिमीलाई भन्‍नुभएको छ कि म तँलाई हटाउनेछु। यो वर्षभित्र तँ मर्नेछस् किनभने तैँले परमप्रभुको विरुद्धमा मानिसहरूलाई प्रचार गरेको छस्।”
17अनि त्‍यही वर्षको सातौं महिनामा हनन्‍याह मरे।

अहिले सेलेक्ट गरिएको:

यर्मिया 28: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्