तब मैले हनन्याहलाई यसो भनें, “हनन्याह, सुन! परमप्रभुले तिमीलाई पठाउनुभएको होइन र तिमी यी मानिसहरूलाई एउटा झूटो कुरो विश्वास गर्न लाउँदै छौ। अनि परमप्रभु आफैंले तिमीलाई भन्नुभएको छ कि म तँलाई हटाउनेछु। यो वर्षभित्र तँ मर्नेछस् किनभने तैँले परमप्रभुको विरुद्धमा मानिसहरूलाई प्रचार गरेको छस्।”