तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभएको छ कि तपाईंले इस्राएलीहरूलाई मद्वारा बचाउनुहुनेछ। अब गहुँ कुट्ने ठाउँमा म केही भेडाका ऊन भूइँमा राख्नेछु। भोलि बिहान ऊनमाथि मात्रै शीत परेको छ र जमिन सुक्खै रहेछ भने म यो बुझ्नेछु कि तपाईंले इस्राएलीहरूलाई बचाउनका लागि मलाई काममा लगाउनुहुनेछ।” अनि ठीक त्यसै भयो। भोलि बिहानै उठेर गिदोनले ऊन निचोरे अनि एक बटुको जति शीतको पानी ऊनबाट झर्यो। तब गिदोनले परमेश्वरलाई भने, “मसँग नरिसाउनुहोला, एकचोटि फेरि म बोल्न पाऊँ। एकपल्ट फेरि मलाई ऊनको परीक्षा लिन दिनुहोस्। यसपालिचाहिँ ऊन सुक्खा रहोस् अनि शीत जमिनमा परोस्।” त्यो रात परमेश्वरले त्यसै गर्नुभयो। भोलिपल्ट बिहान ऊन सुक्खै थियो तर चारैपट्टिको जमिन शीतले भिजेको थियो।
न्यायकर्ता 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 6:36-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू