गिलगालदेखि बोकीममा परमप्रभुको दूत आए र इस्राएलीहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर तिम्रा पुर्खाहरूसँग प्रतिज्ञा गरेको देशमा ल्याएँ। मैले भनेको थिएँ कि तिमीहरूसँग मेरो करार म कहिले तोड्नेछैनँ, त्यस देशका बासिन्दाहरूसँग कहिले तिमीहरूले कुनै करार नबाँध्नू र तिनीहरूका वेदी भत्काइदिनू। तर तिमीहरूले मैले भनेजस्तो गरेनौ। ठीक त्यसको उल्टो तिमीहरूले गरेका छौ। यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरू अघि बढ्दै आउँदा म यो प्रजालाई धपाउनेछैनँ। यिनीहरू तिम्रा शत्रु बन्नेछन् र तिनीहरूका देवता पुज्ने पासोमा तिमीहरू पर्नेछौ।” दूतले यति भनेपछि सबै इस्राएलीहरू रुन लागे। यसैले त्यो जग्गालाई बोकीम भनिन्छ। त्यहाँ परमप्रभुलाई तिनीहरूले बलिदान चढाए।
न्यायकर्ता 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 2:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू