YouVersion लोगो
खोज आइकन

याकूब 4

4
संसारसँग मित्रता
1तिमीहरूका बीचमा लडाइँ र झैझगडा कहाँबाट आउँछन्? मोजमज्‍जा गर्ने चाहनाले होइन र? जुनचाहिँ तिमीहरूका मनभित्र तँछाड र मछाड गरिरहेका हुन्‍छन्। 2आफूले चाहना गरेको कुरा नभेट्दा नै मारकाट चल्‍छ। तिमीहरूलाई कुनै कुरा नभई हुँदैन अनि त्‍यो पाउन नसक्‍दा लडाइँ र झैझगडा गर्छौ। परमेश्‍वरसँग नमागेकोले तिमीहरूले खोजेको कुरा पाउँदैनौ। 3माग्‍यौ भने पनि तिमीहरू मोज-मज्‍जा गर्ने दुष्‍ट विचारले माग्‍छौ र पाउँदैनौ। 4अविश्‍वासी मानिसहरू हो! संसारलाई माया गर्ने परमेश्‍वरको शत्रु हुन्‍छ भनी तिमीहरूलाई थाहा छैन? संसारलाई मित्र बनाउन खोज्‍नेले परमेश्‍वरलाई आफ्‍नो शत्रु बनाउँछ। 5“परमेश्‍वरले हामीभित्र राखिदिनुभएको आत्‍माचाहिँ तृष्‍णाले भरिएको हुन्‍छ,” भन्‍ने धर्मशास्‍त्रमा लेखिएको कुरा व्‍यर्थको नठान। 6#हितोपदेश 3:34तर उहाँले गर्नुभएको अनुग्रह अझ बलियो छ। धर्मशास्‍त्रमा लेखिएको छ, “परमेश्‍वरले घमण्‍डीहरूको विरोध गर्नुहुन्‍छ तर नम्रहरूमाथि अनुग्रह खन्‍याउनुहुन्‍छ।”
7यसैकारण परमेश्‍वरको अधीनमा बस। शैतानको विरोध गर र त्‍यो तिमीहरूदेखि भाग्‍नेछ। 8तिमीहरू परमेश्‍वरको नजिक आओ र परमेश्‍वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्‍ना हात धोई सफा गर। कपटीहरू हो, आफ्‍नो मन शुद्ध पार। 9तिमीहरू रोओ, चिच्‍याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्‍का रुवाइमा बदल। तिमीहरूका आनन्‍द दु:खमा बदलिओस्‌। 10प्रभुको अघि नम्र बन र उहाँले तिमीहरूलाई उचाल्‍नुहुनेछ।
भाइप्रति निन्‍दा-विरुद्ध चेतावनी
11दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्‍ना विश्‍वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्‍ने र दोष लगाउने व्‍यक्ति व्यवस्थाकै विरोधमा बोल्‍छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्‍याय गर्‍यौ भने तिमी यसको पालना गर्ने होइन तर न्‍याय गर्ने बन्‍छौ। 12परमेश्‍वर मात्र व्यवस्था दिने र न्‍याय गर्ने हुनुहुन्‍छ। बचाउने र नाश गर्न सक्‍ने उहाँ मात्र हुनुहुन्‍छ। आफैंलाई के सम्‍झन्‍छौ र आफ्‍नो छिमेकीहरूलाई दोष लगाउँछौ?
घमण्‍डको विरुद्धमा चेतावनी
13 # हितोपदेश 27:1 “आजै कि भोलि हामी कुनै सहर, बजारमा जाऔंला र एक वर्ष बसेर व्‍यापार गरौंला अनि धन कमाऔंला” भन्‍ने तिमीहरूले मेरो कुरा सुन। 14भोलि के हुन्‍छ, तिमीहरू केही जान्‍दैनौ। तिमीहरू त एक छिन देखा पर्ने र बिलाएर जाने बाफजस्‍तै छौ। 15तिमीहरूले भन्‍नुपर्ने कुरा त यसो हो, “परमेश्‍वरको इच्‍छा भयो भने हामी बाँचेर यो गरौंला वा त्‍यो गरौंला।” 16तर तिमीहरू घमण्‍डी छौ र खुब धाक लगाउँछौ। यसरी घमण्‍ड गर्नु राम्रो होइन। 17कसैले राम्रो गर्नुपर्छ भनी जानेर पनि त्‍यो गर्दैन भने उसलाई पाप लाग्‍छ।

अहिले सेलेक्ट गरिएको:

याकूब 4: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्