YouVersion लोगो
खोज आइकन

याकूब 3:2-10

याकूब 3:2-10 सरल नेपाली

हामी सबैले धेरै भुल गर्दछौं। तर आफूले भनेका कुरामा गल्‍ती नै नगर्नेचाहिँ साँच्‍चै सिद्ध मानिस हो। त्‍यस्‍ता मानिसले नै आफूलाई वशमा राख्‍न सक्‍छ। आफूले भनेको मानोस् भनेर घोडालाई लगाम लगाइदिन्‍छौं अनि जता मन लाग्‍यो, उतै हामी लैजान सक्‍छौं। त्‍यसै गरी ठूलो जहाज पनि कडा बतासको वेगले गइरहेको भए पनि यसलाई साना कर्णधारले फनक्‍कै फर्काउन सक्‍छ। जहाज चालकले आफूले भनेतिर यसलाई फर्काउन सक्‍छ। जिब्रो पनि यस्‍तै हो। यो यति सानो भएर पनि ठूला-ठूला कुराको घमण्‍ड गर्न सक्‍छ। सानोभन्दा सानो झिल्‍काले पनि ठूलोभन्दा ठूलो जङ्गलै डढेलो लाउन सक्‍छ। जिब्रोचाहिँ आगोजस्‍तो हो। यो शरीरका अङ्‌गहरूमध्‍ये सबैभन्दा दुष्‍ट हो। यसले सिङ्गै शरीरमा कलङ्क लाउँछ। यसले नरकको आगो लिएर हाम्रो पूरै जिन्‍दगीमा आगो लगाउँछ। मानिसले सबै जङ्गली पशु-पक्षी वा जीवजन्‍तुलाई तह लाउन सक्‍छ र तह लाएको पनि छ। तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्‍ट, तह नलाग्‍ने र डरलाग्‍दो विषले भरिएको हुन्‍छ अनि हामीहरूले हाम्रा परमेश्‍वर पितालाई यही जिब्रोले धन्‍यवाद दिन्‍छौं र यही जिब्रोले फेरि परमेश्‍वरको स्‍वरूपमा सृष्‍टि गरिएको मानिसलाई श्राप दिन्‍छौं। एउटै मुखबाट प्रशंसा र गाली पनि निस्‍कन्‍छ। मेरा भाइहरू, यस्‍तो हुनुहुँदैन!

याकूब 3 पढ्नुहोस्