YouVersion लोगो
खोज आइकन

याकूब 2:14-19

याकूब 2:14-19 सरल नेपाली

मेरा भाइहरू, कसैले विश्‍वास गर्छु त भन्‍छ, तर कुनै कामले पनि आफ्‍नो विश्‍वास देखाउन सक्‍दैन भने के भयो र? के यस्‍तो विश्‍वासले उसलाई बचाउन सक्‍छ? कुनै भाइ वा बहिनीको लुगा छैन र खाना पनि छैन, तर तिमीहरूमध्‍ये कसैले उसलाई ‘परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, राम्रैसँग लगाऊ अनि राम्रैसँग खाऊ’ भन्‍छौ तर उसलाई चाहिएको केही पनि दिंदैनौ भने के भयो र? विश्‍वास पनि त्‍यस्‍तै हुन्‍छ। काम नगर्ने विश्‍वास त मरेको विश्‍वास हो। तर कसैले भन्‍ला, “तिमी विश्‍वास गर्छौ। म त काम गर्छु।” लौ कामबिनाको तिम्रो विश्‍वास देखाऊ त! म त काम गरेर मेरो विश्‍वास देखाउँछु। एउटै परमेश्‍वर हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्छौ? यो राम्रो हो। तर यस्‍तो विश्‍वास त दुष्‍टात्‍माहरूले पनि गर्छन् र डरले काम्‍दछन्।

याकूब 2 पढ्नुहोस्

याकूब 2:14-19 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति