मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्दित होओ। तिमीहरू जान्दछौ, जब तिमीहरूको विश्वासको जाँच हुन्छ, तिमीहरूको सहने शक्ति बढ्छ। तर कुनै कुरामा पनि नचुकी परिपक्व र सिद्ध हुन ती जाँचहरू सहँदै स्थिर भएर बस्न सिक्ने गर। तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्वरले नअन्कनाई सबैलाई प्रशस्त गरिदिनुहुनेछ। तर माग्दा शङ्का नगरी विश्वास राखेर माग्नुपर्छ। शङ्का गर्ने मानिस त हावाको भरमा चल्ने समुद्रको छालजस्तै हो। त्यस्ता मानिसले त प्रभुबाट कुनै कुरा पाउँछु भनेर नचिताए पनि हुन्छ। यस्तो मानिस दोधारे मन भएको र सबै कुरामा चञ्चले हुन्छ। गरीब अवस्थामा भएका भाइहरू हो, जब तिमीहरूको दिन सुध्रन्छ, त्यस बेला तिमीहरू खुसी होओ। त्यसै गरी धनी भाइहरूले गरीब हुनुपर्दा पनि खुसी होऊ किनभने धनी त ओइलिजाने जङ्गली फूलजस्तै हुन्। घाम लागेर खडेरी पर्दा फूलको बोटै सुकेर मर्छ। त्यसै गरी काम-काजको जन्जालमा धनको मालिकले पनि आफ्नो जीवन गुमाउँछ। जाँचको बेलामा टिक्न सक्ने मानिस नै धन्यको हो। दु:खमा स्थिर रहनेले नै परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ।
याकूब 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 1:2-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू