YouVersion लोगो
खोज आइकन

यशैया 9:6-10

यशैया 9:6-10 सरल नेपाली

हाम्रा निम्‍ति एउटा बालक जन्‍मेका छन्! हामीलाई एउटा पुत्र दिइएको छ! उनले हामीमाथि राज्‍य गर्नेछन्। उनको नाम “उदेकका सल्‍लाहकार,” “पराक्रमी परमेश्‍वर,” “सनातनका पिता,” “शान्‍तिका राजकुमार” हुनेछ। उनको राज्‍य-शक्ति बढिरहनेछ, उनको राज्‍यमा सधैँ शान्‍ति रहनेछ। दाऊद राजापछि आउने राजा उनी नै हुनेछन्। न्‍याय र धर्ममा खडा भई अबदेखि उसो सदाका निम्‍ति उनले राज्‍य गर्नेछन्। सर्वशक्तिमान् परमप्रभुले आफ्‍नो जोशमा यी सबै गर्नुहुनेछ। इस्राएल राज्‍यमाथि, याकूबका सन्‍तानमाथि परमप्रभुले दण्‍डको आज्ञा गर्नुभएको छ। इस्राएलका सबै मानिसहरू र सामरिया सहरका हरेक बासिन्‍दाले यो आज्ञा सुन्‍नेछन्। अहिले तिनीहरू अहङ्कारी र अभिमानी छन्। तिनीहरू भन्‍छन्, “इँटाका भवनहरू त ढले तर तिनका सट्टामा हामी काटेका ढुङ्गाका भवन बनाउनेछौं। घर थाम्‍ने नेभाराका काठका दलिनहरू त काटिढालिए, तर त्‍यसको सट्टामा हामी सर्वोत्तम देवदारुका काठ लाउनेछौं।”

यशैया 9 पढ्नुहोस्