यशैया 59
59
मानिसका पापको निन्दा
1तिमीहरूलाई बचाउन नसक्ने गरी परमप्रभुको हात कमजोर भएको छैन, तिमीहरूको पुकारा सुन्न नसक्ने गरी उहाँको कान बहिरो भएको छैन। 2तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूदेखि छेकिएको छ र उहाँले तिमीहरूको बिन्ती सुन्नुहुन्न। परमेश्वरबाट तिमीहरूलाई अलग गर्ने तिमीहरूकै पाप हो। 3तिमीहरू झूटको, खराबीको र ज्यान मारेको पापका दोषी छौ।
4तिमीहरू न्यायसँग मुद्दा लड्दैछौ। मुद्दा जित्न तिमीहरू झूटो कुरामा भर पर्छौ। अरूलाई पिरोल्ने युक्ति गर्छौ। 5-6तिमीहरूले रचेका दुष्ट जाल विषालु साँपका फुलहरूझैँ घातक छन्। फुल फुटाउँदा साँप निस्कन्छ। तर तिम्रा जालले तिमीहरूलाई राम्रो गर्दैन, तिमीहरूका माकुराका जालले बनेका कपडाझैँ बेकम्मा छन्! 7#रोमी 3:15-17तिमीहरूले सधैँ केही खराब युक्ति गरिरहेका हुन्छौ र त्यो युक्ति पूरा गर्न हतारिन्छौ। निर्दोष मानिसको हत्या गर्न तिमीहरू कहिल्यै आनाकानी गर्दैनौ। तिमीहरू जहाँ जान्छौ, त्यहाँ विध्वंस र नाश छोडिराख्छौ। 8जहाँ तिमीहरू हुन्छौ, त्यहाँ सुरक्षा हुँदैन। तिमीहरू जे गर्छौ, अन्याय गर्छौ। तिमीहरू बाङ्गो बाटो लिन्छौ र त्यो बाटोमा हिँड्ने कोही पनि सुरक्षित हुँदैन।
मानिसहरूले आफ्ना पाप स्वीकार गरेका
9मानिसहरू भन्छन्, “अब हामी जान्दछौं किन परमेश्वरले हामीलाई थिचो-मिचो गर्नेहरूबाट बचाउनुहुन्न। हामी बाटोमा हिँड्नलाई उज्यालोको आशा गर्छौं तर त्यहाँ अँध्यारो मात्र हुन्छ 10र हामी अन्धाझैँ छामछाम-छुमछुम गर्छौं। दिउँसो हामी रात परेझैँ ठोकर खाएर हुत्तिन्छौं, मृत्युको देशमा हामी मुर्दाझैँ हुन्छौं। 11हामी तर्सेका र दु:ख पाएकाले विलाप गर्दै हामी न्याय र उद्धार खोज्छौं तर पाउदैनौं।
12“हे परमप्रभु, तपाईंको विरुद्धमा हामीले गरेका अपराध धेरै छन्। हाम्रा पापले हामीलाई दोष दिँदछन्, यी सबै कुरा हामी थाहा पाउँछौं। 13हामीले तपाईंसित विद्रोह गर्यौं, तपाईंलाई अस्वीकार गर्यौं र तपाईंलाई पछ्याउन इन्कार गर्यौं। हामीले अरूलाई अत्याचार गरेका छौं र तपाईंदेखि तर्किगएका छौं। हाम्रा सोचाइ र बोली झूटा छन्। 14न्यायलाई पन्साएका छौं, ठीक कुरा छेउमा आउन सक्दैन। सत्यचाहिँ बाटोमा ठक्कर खाएर लड्छ, त्यहाँ इमानदारीको लागि ठाउँ छैन। 15इमानदारी यति थोरै छ कि दुष्कर्म छोड्ने अरूको शिकार बन्दछ।”
आफ्ना प्रजालाई बचाउन परमप्रभुको तयारी
परमप्रभुले यी सबै देख्नुभएको छ र न्याय नभएकाले उहाँ दु:खी हुनुहुन्छ। 16#यशैया 63:5अत्याचारमा परेकाहरूलाई सहायता गर्ने कोही नदेख्दा उहाँ छक्कै परेर दु:खित हुनुभएको छ। यसकारण तिनीहरूलाई उद्धार गर्न र न्याय दिन उहाँले आफ्नै शक्ति प्रयोग गर्नुहुनेछ। 17#एफिसी 6:14,17; १ थेसलोनिकी 5:8उहाँले न्यायलाई छाती-पाताझैँ र मुक्तिलाई कवचझैँ लगाउनुहुनेछ। उहाँ आफैंले सबै कुरा ठीक गर्ने र मानिसहरूले भोगेका अन्यायको निम्ति साटो फेर्न र दण्ड दिने दृढ इच्छाको वस्त्र पहिरहनुहुनेछ। 18उहाँले आफ्ना शत्रुहरूलाई तिनीहरूका कामअनुसार टाढा-टाढामा बस्नेहरूलाई समेत दण्ड दिनुहुनेछ। 19पूर्वदेखि पश्चिम दिशाका सबै मानिसहरूले उहाँ र उहाँको महान् शक्तिको डर मान्नेछन्। एउटा उर्लंदो बाढझैँ, वेगवान बतासझैँ उहाँ आउनुहुनेछ।
20 #
रोमी 11:26
परमप्रभु आफ्ना प्रजाहरूलाई भन्नुहुन्छ, “तिमीहरूमध्ये सबै पाप त्याग्नेहरूलाई बचाउन म यरूशलेममा आउनेछु 21अनि म तिमीहरूसित एउटा करार बाँध्छु: मैले मेरा आत्मा र वचन तिमीहरूलाई सदाकालको निम्ति दिएको छु र अब उसो तिमीहरू मेरो वचन मान्नेछौ र आफ्ना छोरा-छोरी र सन्तानलाई आउँदा दिनमा सदासर्वदा ती पालन गर्न सिकाउनेछौ।”
अहिले सेलेक्ट गरिएको:
यशैया 59: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.