“निश्चय नै उसले हाम्रा कष्टहरू सह्यो, हाम्रो दु:ख भोग्यो। तर उसले दु:ख-कष्ट भोगेको त उसमाथि परमेश्वरको दण्ड परेको हो भनी हामीले ठान्यौं। तर हाम्रा पापका कारणले ऊ घाइते भयो, हाम्रा अधर्मका कारणले उसले चुटाइ खायो। उसले दण्ड भोगेको कारणले हामीले सुख-शान्ति पायौं, उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै बाटो बिराएका भेडाहरूझैँ थियौं, हामी बरालिएर आफ्नै सुरमा हिँड्थ्यौं, तर हामी सबैमाथि पर्नुपर्ने दण्ड परमप्रभुले उसमाथि पारिदिनुभयो।
यशैया 53 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 53:4-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू