YouVersion लोगो
खोज आइकन

यशैया 53

53
1 # रोमी 10:16; यूहन्‍ना 12:38 “अब जे हामी बयान दिन्‍छौं,
त्‍यो कसले विश्‍वास गर्छ र?
यस कुरामा परमप्रभुको हात छ भनी कसले देख्‍ला र?
2उहाँको अघि सुख्‍खा जमिनमा एउटा बिरूवाले,
जरा हालेझैँ ऊ बढ्यो।
उसमा केही मान-मर्यादा वा सुन्‍दरता थिएन,
उसमाथि हाम्रो आँखा परेन पनि। उसको बारेमा कुनै आकर्षित कुरा थिएन, उसका कुनै कुराले हाम्रो मन खिच्‍न सकेन।
3हामीले उसलाई तुच्‍छ ठान्‍यौं र अस्‍वीकार गर्‍यौं,
उसले दु:ख र कष्‍ट सह्यो।
कसैले पनि ऊतिर हेरेन,
हामीले उसलाई केही नठानी ध्‍यानै दिएनौं।
4 # मत्ती 8:17 “निश्‍चय नै उसले हाम्रा कष्‍टहरू सह्यो, हाम्रो दु:ख भोग्‍यो।
तर उसले दु:ख-कष्‍ट भोगेको त उसमाथि परमेश्‍वरको दण्‍ड परेको हो भनी हामीले ठान्‍यौं।
5 # १ पत्रुस 2:24 तर हाम्रा पापका कारणले ऊ घाइते भयो,
हाम्रा अधर्मका कारणले उसले चुटाइ खायो।
उसले दण्‍ड भोगेको कारणले हामीले सुख-शान्‍ति पायौं,
उसको कोर्राको चोटले हामी निको भयौं।
6 # १ पत्रुस 2:25 हामी सबै बाटो बिराएका भेडाहरूझैँ थियौं,
हामी बरालिएर आफ्‍नै सुरमा हिँड्थ्‍यौं,
तर हामी सबैमाथि पर्नुपर्ने दण्‍ड परमप्रभुले उसमाथि पारिदिनुभयो।
7 # प्रकाश 5:6 # प्रेरित 8:32,33 “ऊसित रूखो व्‍यवहार गरियो तर त्‍यो उसले नम्र भएर सह्यो,
उसले मुखबाट एउटा शब्‍द पनि निकालेन।
काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ
उसले आफ्‍नो मुख खोलेन।
8उसमाथि अत्‍याचार भयो र दण्‍ड दिई मार्न लगियो
र उसका सन्‍तानबारे कसले बोल्‍ला?
कारण उसलाई जीवितहरूको देशबाट हटाइयो,
मेरा मानिसहरूका पापको लागि उसमाथि कुटाइ पर्‍यो
9 # १ पत्रुस 2:22 दुष्‍टहरूसित ऊ चिहानमा राखियो, धनीहरूसित गाडियो,
तथापि उसले कहिल्‍यै कुनै अपराध गरेको थिएन,
कहिले झूट बोलेको थिएन।
10“तरै पनि उसलाई चोट दिनु र कष्‍ट सहन लाउनु
परमप्रभुको इच्‍छा थियो।
परमप्रभुले उसको जीवनलाई पाप काट्‍ने बलिदान बनाउनुभएको भए पनि
उसले आफ्‍ना सन्‍तान देख्‍नेछ
र परमेश्‍वरको योजना ऊद्वारा सफल हुनेछ।
11कष्‍टको जीवन भोगेपछि उसले
जीवनको ज्‍योति देख्‍नेछ
र सन्‍तुष्‍ट हुनेछ।
आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैको पापको दण्‍ड बोक्‍नेछ र उसले तिनीहरूलाई क्षमा गर्नेछ।
12 # मर्कूस 15:28; लूका 22:37 यसैकारण म उसलाई एउटा इज्‍जतको स्‍थान दिनेछु
र सामर्थीहरूसँग उसले जितेको माल बन्‍डा लाउनेछ।
उसले राजी-खुसीका साथ आफ्‍नै प्राण दियो
र दुष्‍टहरूका साथमा गनियो। उसले धेरै पापीहरूको सट्टामा आफ्‍नो प्राण दियो
र तिनीहरूले क्षमा पाऊन् भनी बिन्‍ती गर्‍यो।”

अहिले सेलेक्ट गरिएको:

यशैया 53: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्