1
यशैया 53:5
सरल नेपाली पवित्र बाइबल
तर हाम्रा पापका कारणले ऊ घाइते भयो, हाम्रा अधर्मका कारणले उसले चुटाइ खायो। उसले दण्ड भोगेको कारणले हामीले सुख-शान्ति पायौं, उसको कोर्राको चोटले हामी निको भयौं।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 53:5
2
यशैया 53:6
हामी सबै बाटो बिराएका भेडाहरूझैँ थियौं, हामी बरालिएर आफ्नै सुरमा हिँड्थ्यौं, तर हामी सबैमाथि पर्नुपर्ने दण्ड परमप्रभुले उसमाथि पारिदिनुभयो।
अन्वेषण गर्नुहोस् यशैया 53:6
3
यशैया 53:4
“निश्चय नै उसले हाम्रा कष्टहरू सह्यो, हाम्रो दु:ख भोग्यो। तर उसले दु:ख-कष्ट भोगेको त उसमाथि परमेश्वरको दण्ड परेको हो भनी हामीले ठान्यौं।
अन्वेषण गर्नुहोस् यशैया 53:4
4
यशैया 53:3
हामीले उसलाई तुच्छ ठान्यौं र अस्वीकार गर्यौं, उसले दु:ख र कष्ट सह्यो। कसैले पनि ऊतिर हेरेन, हामीले उसलाई केही नठानी ध्यानै दिएनौं।
अन्वेषण गर्नुहोस् यशैया 53:3
5
यशैया 53:7
“ऊसित रूखो व्यवहार गरियो तर त्यो उसले नम्र भएर सह्यो, उसले मुखबाट एउटा शब्द पनि निकालेन। काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ उसले आफ्नो मुख खोलेन।
अन्वेषण गर्नुहोस् यशैया 53:7
6
यशैया 53:10
“तरै पनि उसलाई चोट दिनु र कष्ट सहन लाउनु परमप्रभुको इच्छा थियो। परमप्रभुले उसको जीवनलाई पाप काट्ने बलिदान बनाउनुभएको भए पनि उसले आफ्ना सन्तान देख्नेछ र परमेश्वरको योजना ऊद्वारा सफल हुनेछ।
अन्वेषण गर्नुहोस् यशैया 53:10
7
यशैया 53:2
उहाँको अघि सुख्खा जमिनमा एउटा बिरूवाले, जरा हालेझैँ ऊ बढ्यो। उसमा केही मान-मर्यादा वा सुन्दरता थिएन, उसमाथि हाम्रो आँखा परेन पनि। उसको बारेमा कुनै आकर्षित कुरा थिएन, उसका कुनै कुराले हाम्रो मन खिच्न सकेन।
अन्वेषण गर्नुहोस् यशैया 53:2
8
यशैया 53:12
यसैकारण म उसलाई एउटा इज्जतको स्थान दिनेछु र सामर्थीहरूसँग उसले जितेको माल बन्डा लाउनेछ। उसले राजी-खुसीका साथ आफ्नै प्राण दियो र दुष्टहरूका साथमा गनियो। उसले धेरै पापीहरूको सट्टामा आफ्नो प्राण दियो र तिनीहरूले क्षमा पाऊन् भनी बिन्ती गर्यो।”
अन्वेषण गर्नुहोस् यशैया 53:12
9
यशैया 53:11
कष्टको जीवन भोगेपछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैको पापको दण्ड बोक्नेछ र उसले तिनीहरूलाई क्षमा गर्नेछ।
अन्वेषण गर्नुहोस् यशैया 53:11
10
यशैया 53:8
उसमाथि अत्याचार भयो र दण्ड दिई मार्न लगियो र उसका सन्तानबारे कसले बोल्ला? कारण उसलाई जीवितहरूको देशबाट हटाइयो, मेरा मानिसहरूका पापको लागि उसमाथि कुटाइ पर्यो
अन्वेषण गर्नुहोस् यशैया 53:8
11
यशैया 53:9
दुष्टहरूसित ऊ चिहानमा राखियो, धनीहरूसित गाडियो, तथापि उसले कहिल्यै कुनै अपराध गरेको थिएन, कहिले झूट बोलेको थिएन।
अन्वेषण गर्नुहोस् यशैया 53:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू