हे इस्राएल, तेरो सृजना गर्ने परमप्रभु यसो भन्नुहुन्छ, “नडरा, मैले तँलाई उद्धार गरेको छु। मैले तँलाई नाम लिएर बोलाएको छु, तँ मेरो होस्। तँ गहिरो पानीबाट भएर जाँदा म तँसित हुनेछु। तेरा कष्टले तँलाई अत्याउनेछैन। तँ आगोको बीचबाट भएर जाँदा जल्नेछैनस्। तँमाथि आइपर्ने कठोर कठिनाइले तेरो हानि गर्नेछैन किनभने म परमप्रभु तेरा परमेश्वर हुँ, इस्राएलका पवित्र परमेश्वर, जसले तँलाई बचाउँछ। म तँलाई छुटकारा दिन मिश्रदेश, तेरो सट्टामा कूश र सेबा देशहरू दिनेछु। तेरो प्राण बचाउन तेरो सट्टामा म सबै जातिहरू दिनेछु किनभने तँ मेरो निम्ति अति बहुमूल्य छस्। अनि मैले तँलाई आदर दिएको छु र प्रेम गर्दछु।
यशैया 43 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 43:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू