यशैया 15
15
मोआबको विनाश
1 #
यशैया 25:10-12; यर्मिया 48:1-47; इजकिएल 25:8-11; आमोस 2:1-3; सपन्याह 2:8-11 मोआबबारे अगमवाणी यो हो: एकै रातमा मोआब देशको आर र कीर सहरहरू नाश पारिए। मोआब देश सुनसान भएको छ। 2दीबोनका मानिसहरू मन्दिरमा र डाँडामा भएको पूजा-स्थलहरूमा रुन उक्लन्छन्। मोआबका मानिसहरूले नेबो र मेदबा सहरहरूको लागि शोक गर्दै विलाप गर्छन्। तिनीहरूले शोकमा आफ्ना केश र दाह्री खौरेका छन्। 3मानिसहरू भाङ्ग्रा लाएर सडकहुँदो बसेका छन्। सहरका चोकहरू र घर-घरका कौसीमा मानिसहरूले रुँदै विलाप गर्छन्। 4हेश्बोन र एलाका मानिसहरू सोर उचालेर रुन्छन् र तिनीहरू रोएका यहसासम्म सुनिन्छ। सिपाहीहरू पनि थरथर काँप्छन्। तिनीहरूका मुटुले ठाउँ छोडेको छ। 5मेरो हृदय मोआबको निम्ति रुँदछ! मानिसहरू भागेर सोअर सहर र एग्लत-शलीशियाहसम्म पुगेका छन्। कोही रुँदै लूहीततिर जाने उकालो बाटो लागेका छन्। कोही उच्च सोरले विलाप गर्दै होरोनैमतिर भाग्दै छन्। 6निम्रीमको खोल्सा सुकिगयो, त्यसका छेउ-छेउका घाँस-पात सुकी ओइलिसके केही हरियो कुरा बाँचेको छैन। 7मानिसहरू आफ्ना सारा सर-सम्पत्ति लिएर बैंसघारी भएको बेसी पार गरी भाग्ने कोसिस गर्दै छन्। 8मोआबका सिमानामा जताततै रोएको सुनिन्छ। त्यो रुवाइ एग्लैम र बेअर-एलीम सहरमा सुनिन्छ। 9दीबोन सहरमा खोला रगतले रातै भएको छ र त्यहाँका बासिन्दाहरूका निम्ति परमेश्वरले अझ बढी दु:ख राखिछोड्नुभएको छ। अँ, मोआबबाट भागेका र त्यहाँ बाँचेकाहरूमाथि सिंहले आक्रमण गर्नेछ।
अहिले सेलेक्ट गरिएको:
यशैया 15: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.