दाऊदको राजवंश काटिढालेको रूखझैँ छ तर ठुटोबाट नयाँ हाँगा उम्रेझैँ दाऊदको सन्तानबाट एउटा नयाँ राजा उठ्नेछन्। परमप्रभुको आत्माले उनलाई बुद्धि, ज्ञान र प्रजालाई शासन गर्न सीप दिनुहुनेछ। उनले परमप्रभुको इच्छा बुझ्नेछन्, उहाँलाई आदर गर्नेछन् र उहाँका आज्ञापालनमा आनन्दित मान्नेछन्। उनले मुख हेरेर वा अरूका कुरा सुनेर इन्साफ गर्नेछैनन्। गरीबको इन्साफ ठीकसित गर्नेछन् र असहायहरूको रक्षा गर्नेछन्। उनको आज्ञाले अपराधी मानिसहरूले दण्ड पाउनेछन् र दुष्टहरू मारिनेछन्। न्याय र इमानदारीसाथ उनले आफ्ना प्रजामाथि शासन गर्नेछन्।
यशैया 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 11:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू