YouVersion लोगो
खोज आइकन

हिब्रू 5:11-14

हिब्रू 5:11-14 सरल नेपाली

यस बारेमा भन्‍नुपर्ने कुरा धेरै छन्। तर तिमीहरू अबुझ हुनाले बुझाउनै गाह्रो छ। अहिलेसम्‍म त तिमीहरू अरूलाई सिकाउने भइसक्‍नुपर्थ्‍यो, तर अझै परमेश्‍वरको शिक्षाको बारेमा प्राथमिक कुरा पनि थाहा नभएर अरू कसैले सिकाउनुपर्लाजस्‍तो छ। अलिक खँदिलो खानेकुराको सट्टा अझै तिमीहरू आमाको दूध चुस्‍ने बालकजस्‍तै छौ। आमाको दूध मात्र चुस्‍छ भने त त्‍यो अझै बालकै छ। असल र खराबको ज्ञान त्‍यसले पाएको छैन। तर खँदिलो खानेकुराचाहिँ हुर्किसकेको मान्‍छेको लागि हो। उसले त असल र खराब कुरा छुट्टयाउन सक्‍ने तालिम पाइसकेको हुन्‍छ।

हिब्रू 5 पढ्नुहोस्