YouVersion लोगो
खोज आइकन

हिब्रू 13:1-6

हिब्रू 13:1-6 सरल नेपाली

एक-अर्कालाई दाजुभाइलाई जस्‍तै माया गर्न नछोड। पाहुनाहरूको सेवा-सत्‍कार गर्न नबिर्स। यसरी पाहुनाको सत्‍कार गर्दा कसै-कसैले थाहै नपाई स्‍वर्गदूतको पनि सत्‍कार गरेका थिए। आफू पनि थुनामै परेको सम्‍झेर थुनामा पर्नेहरूको वास्‍ता राख्‍ने गर। दु:ख पाएकाहरूलाई आफैंले दु:ख पाएको जस्‍तै गरी सम्‍झ। विवाहको इज्‍जत सबैले राख्‍नुपर्छ। लोग्‍ने-स्‍वास्‍नी एक-अर्काप्रति विश्‍वासयोग्‍य रहून् किनभने छाडा र अर्काको लोग्‍ने वा स्‍वास्‍नीसँग बिग्रनेहरूलाई परमेश्‍वरले सजाय दिनुहुनेछ। धन-सम्‍पत्तिको माया-मोहमा नफस। आफूसँग जे छ, त्‍यसैमा सन्‍तोष गर्ने गर किनभने परमेश्‍वरले नै भन्‍नुभएको छ, ‘म तिमीलाई कहिल्‍यै छोड्‍नेछैनँ, म तिमीलाई कहिल्‍यै त्‍याग्‍नेछैनँ’।” यसकारण हामी ठूलो साहससँग भन्‍न सक्‍छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्‍छ। म कहिल्‍यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छन्?”

हिब्रू 13 पढ्नुहोस्