यसकारण हे भाइहरू हो, येशूको रगतले गर्दा हामी महापवित्र स्थानमा साहससँग पस्न सक्छौं। उहाँले आफ्नो शरीररूपी पर्दाबाट हाम्रो लागि नयाँ र जीवन दिने बाटो खोलिदिनुभयो। परमेश्वरको घरमा अधिकारसम्पन्न अब हाम्रो एक जना ठूला पूजाहारी हुनुहुन्छ। खराब विवेकबाट हाम्रा मन चोख्याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्का विश्वासले निर्धक्क भएर हामी परमेश्वरकहाँ जाऔं। हामीले राखेका आशा बलियोसँग समातिराखौं किनभने आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नु नै हुनेछ।
हिब्रू 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 10:19-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू