YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 9:8-15

उत्‍पत्ति 9:8-15 सरल नेपाली

परमेश्‍वरले नोआ र उनका छोराहरूलाई भन्‍नुभयो, “अब तिमी र तिम्रा सन्‍तानसित र सबै जिउँदा प्राणीहरूसित सम्‍पूर्ण पंक्षी र पशुहरूसित र नाउबाट तिमीसँग निस्‍किआउने हरथोकसित यो करार बाँध्‍नेछु। यो शब्‍दमा म तिमीहरूसित करार बाँध्‍नेछु ‘फेरि कहिल्‍यै पनि सबै जिउँदा प्राणीहरू जलप्रलयको भलले नाश हुनेछैनन्, फेरि कहिल्‍यै पनि पृथ्‍वी जलप्रलयबाट नाश गरिनेछैन’। मैले तिमीहरूसित र सम्‍पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा म मेरो धनु बादलमा राख्‍नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ। जहिले-जहिले म आकाश बादलले ढाक्‍दछु र त्‍यहाँ इन्‍द्रेणी देखा पर्दछ, तब म प्रलयका भलले फेरि कहिल्‍यै पनि सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ भनी तिमीहरू र सम्‍पूर्ण पशुहरूसित गरेको आफ्‍नो करारलाई याद गर्नेछु।

उत्‍पत्ति 9 पढ्नुहोस्