आफ्ना बुबा मरेपछि योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले अझै हामीलाई घृणा गर्न र बदला लिन खोज्यो भने कसो गर्नुपर्ने हो?” यसकारण तिनीहरूले योसेफलाई यस्तो खबर पठाए, “हाम्रा बुबाले मर्नुभन्दा अघि तपाईंलाई यसो भन्नुभएको थियो, ‘तेरा दाजुहरूले तेरो खराबी गरेर जो अपराध गरे, त्यो अब दया गरी माफ गरिदे।’ हामी तपाईंका बुबाका परमेश्वरका दासहरूलाई हामीले गरेका दोष अब माफ गरिदिनुहोस्।” यो खबर पाई योसेफ रोए। तब तिनका दाजुभाइहरू आफैं गएर तिनको अघि शिर निहुराएर भने, “हामी तपाईंका कमाराहरू यहाँ तपाईंको अघि हाजिर छौं।” योसेफले तिनीहरूलाई भने, “नडराओ, म परमेश्वरको स्थानमा छैनँ। तिमीहरूले मेरो विरुद्धमा खराब जाल रच्यौ तर परमेश्वरले त्यसलाई भलाइमा बदल्नुभयो, जसले गर्दा उहाँले धेरै मानिसहरूको प्राण जोगाउनुभयो र आज तिनीहरू बाँचेका छन्। तिमीहरू डराउने केही काम छैन। म तिम्रा र तिम्रा छोरा-छोरीहरूको हेरचाह गर्नेछु।” यसरी योसेफले दयाको शब्द बोलेर तिनीहरूलाई ढाडस दिए। ती शब्दले तिनीहरूको हृदय छोयो।
उत्पत्ति 50 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 50:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू