बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछ, र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ।” यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्दा अघि तपाईंका बुबाले यस्तो आज्ञा दिनुभएको थियो: ‘तिमीहरूले योसेफलाई भन: कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर।’ अब बिन्ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्वरका दासहरूका अपराध क्षमा गर्नुहोस्।” उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए। तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।” तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्वरको स्थानमा छु र? तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्। यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्त्वना दिए।
उत्पत्ति 50 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 50
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 50:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू