तिमीलाई सारा मिश्रदेशमाथि बडाहाकिम खटाउँछु।” तब राजाले आफ्नो औँलादेखि शिल-मोहोर भएको छाप औँठी फुकालेर योसेफको औँलामा लाइदिए र राम्रो मलमलको वस्त्र पहिराइदिए अनि गलामा सुनको सिक्री लगाइदिए। उनलाई राजाले आफ्ना दोस्रो रथमा सवारी गराए र राजाको पहरेदारहरू उनको अघि-अघि “बाटो छोड्, बाटो छोड्,” भन्दै हिँडे। यसरी योसेफ सारा मिश्रदेशमाथि बडा-हाकिम भए। राजाले उनलाई भने, “म राजा हुँ तर तिम्रो अनुमतिबिना कसैले आफ्नो हात वा खुट्टा उठाउन पनि पाउनेछैन।” तिनले योसेफलाई मिश्री नाम सापनत-पानेह राखिदिए र ओनका पूजाहारी सहरको पुरोहित पोतीपेराकी छोरी आसनतसित उनको विवाह गरिदिए। योसेफ मिश्रका राजाको सेवामा खटाइँदा तीस वर्ष पुगेका थिए। राजाको दरबारबाट निस्केर उनले सारा देशमा यात्रा गरे।
उत्पत्ति 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 41:41-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू