याकूब आफ्नो बाटो लागे र परमेश्वरका दूतहरूले उनलाई भेटे। तिनीहरूलाई देखेर उनले भने, “यो त परमेश्वरको छाउनी हो।” उनले त्यस ठाउँको नाम ‘महनोम’ राखे। याकूबले एदोम देशमा आफ्ना दाजु एसावकहाँ अघि-अघि आफ्ना दूतहरूलाई पठाए। तिनीहरूलाई एसावलाई यसो भन्नू भनेर सिकाएर पठाए, “तपाईंको दास याकूबले आफ्ना स्वामी एसावलाई यसो भन्छ कि म लाबानसित बसेको थिएँ र अहिलेसम्म फर्किनँ। मसँग गाई-गोरु, गधा, भेडा-बाख्रा र कमारा-कमारीहरू छन्। तपाईंको दया पाऊँ भनी हजुरलाई यो खबर बिन्ती गर्दछु।” ती दूतहरू फर्की आए र याकूबलाई भने, “हामी तपाईंको दाजु एसावकहाँ गयौं। तपाईंलाई भेट्न उहाँ आउँदै हुनुहुन्छ। उहाँसित चार सय मानिसहरू छन्।” याकूब डराए अनि चिन्तामा परे। आफूसित भएका मानिसहरू, भेडा-बाख्रा, गाई-गोरु र ऊँटहरू पनि दुई भाग गरेर उनले छुटाए र दुई हुल गरे। उनले सोचे कि एसावले आएर पहिला हुलमाथि आक्रमण गरे भने दोस्रो हुलचाहिँ भागेर बाँच्न सक्ला। त्यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्ना कुटुम्बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्नुभएको थियो। म तपाईंको दासलाई तपाईंले देखाउनुभएको कृपा र विश्वासयोग्यताको योग्य म छैनँ। खालि एउटा हातमा टेक्ने लट्ठी लिई म यर्दन तरेर गएको थिएँ तर अब यी दुई हुलहरू साथ लिएर फर्किरहेको छु। म बिन्ती गर्दछु, मेरो दाजु एसावदेखि मलाई बचाउनुहोस्। म डराएको छु। एसावले आएर हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई आइमाई, छोरा-छोरीहरूसमेत नाश गर्नेछन् भनी मलाई डर लागेको छ।
उत्पत्ति 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 32:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू