अनि उहाँले मानिसलाई भन्नुभयो, “तैँले तेरी स्वास्नीको कुरा सुनिस् र मैले नखानू भनेको फल खाइस्, तेरो यस कामले गर्दा भूमिमाथि सराप पर्नेछ, त्यहाँबाट आफूलाई पुग्ने गरी खानेकुरा उमार्न तैँले जीवनभरि कठोर मेहनत गर्नुपर्नेछ। त्यसले काँडा र काम नलाग्ने झार उमार्नेछ र तैँले बनका सागपात खानेछस्। जुन माटोबाट तँ बनाइएको थिइस्, त्यही माटोमा नफर्कुञ्जेल तैँले भूमिबाट केही कुरा उमार्न कठोर परिश्रम गरी पसिना चुहाउनुपर्नेछ। तँ माटोले बनेको थिइस् र फेरि माटै बन्नेछस्।”
उत्पत्ति 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 3:17-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू