YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 2:8-15

उत्‍पत्ति 2:8-15 सरल नेपाली

तर परमप्रभु परमेश्‍वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बनाउनुभएको मानिसलाई त्यहाँ राख्‍नुभयो। उहाँले त्‍यहाँ सबै प्रकारका हेर्नमा असल र खानमा राम्रा फल दिने रूखहरू उमार्नुभयो। बगैँचाका बीचमा जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख पनि लगाइएका थिए। अदनमा एउटा नदी बग्‍थ्‍यो र बगैँचालाई भिजाउँथ्‍यो, अदन नाघेर गएपछि त्‍यो नदी भङ्गालो छुट्टिएर चारवटा भएको थियो। पहिलो नदी पीशोन हो, यो हवीला देशको चारैपट्टि घुमेर बग्‍छ। (त्‍यहाँ निखुर सुन र हतपत नपाइने सुगन्‍ध तेल र दामी पत्‍थरहरू पाइन्‍छन्।) दोस्रो नदी गीहोन हो, यो कूश देशको चारैपट्टि बग्‍छ। तेस्रो नदी टाइग्रिस हो, यो अश्‍शूर देशको पूर्वमा बग्‍छ अनि चौथो नदी यूफ्रेटिस हो। तब परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा त्‍यसको गोड-गाड र हेरचाहा गरोस् भनी राख्‍नुभयो।

उत्‍पत्ति 2 पढ्नुहोस्