YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 15:12-21

उत्‍पत्ति 15:12-21 सरल नेपाली

सूर्य अस्‍ताउन लाग्‍दा अब्राम घोर निद्रामा परे अनि डर र त्रास उनीमाथि आइलागे। परमप्रभुले उनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू अर्काको देशमा परदेशी हुनेछन्, त्‍यहाँ तिनीहरू कमारा बनाइनेछन् र चार सय वर्षसम्‍म तिनीहरूमाथि अत्‍याचार गरिनेछ। तर तिनलाई कमारा बनाउने जातिलाई म दण्‍ड दिनेछु र त्‍यो परदेशबाट तिनीहरू निस्‍कँदा आफूसँग धेरै धन-सम्‍पत्ति लिई आउनेछन्। तँ आफैं बुढेसकालसम्‍म बाँच्‍नेछस्, शान्‍तिसित मर्नेछस् र गाडिनेछस्। चार पुस्‍तापछि मात्र तेरा सन्‍तान यहाँ आउनेछन् किनभने एमोरीहरू अति दुष्‍ट भएर दण्‍डका योग्‍य नभइञ्‍जेल म तिनहरूलाई धपाउनेछैनँ।” सूर्य अस्‍तायो र अँध्‍यारो भयो। अचानक एउटा धुवाँ निस्‍किरहेको आगोको मकल र बलिरहेको राँको देखियो र त्यो जनावरहरूका मासुका टुक्राहरूका बीचमा भएर गयो। तब तुरुन्‍तै परमेश्‍वरले त्‍यहाँ अब्रामसँग एउटा करार बाँध्‍नुभयो। उहाँले भन्‍नुभयो, “म तेरो वंशलाई मिश्रका सिमानादेखि यूफ्रेटिस नदीसम्‍म रहेका केनी, कनज्‍जी, कदमोनी, हित्ती, परिज्‍जी, रपाई, एमोरी, कनानी गिर्गाशी र यबूसीहरूका देशहरसमेत दिनेछु।”

उत्‍पत्ति 15 पढ्नुहोस्