तब अब्रामले लोतलाई भने, “हामी आफन्त हौं, हाम्रा मानिसहरूले आपसमा झगडा गर्नुहुन्न। यसकारण हामीहरू छुटौं, तिमीले चाहेको जमिन रोज, तिमी एकापट्टि जाऊ, म अर्कोपट्टि जानेछु।” लोतले चारैपट्टि हेरे र प्रशस्त पानी भएको यर्दनको बेसी सोअरसम्म फैलिएको देखे। त्यहाँ परमप्रभुको बगैँचा वा मिश्रदेशमा झैँ प्रशस्त पानी थियो। (यो परमप्रभुले सदोम र गमोरा नाश पार्नुभन्दा अघिको कुरो हो।) यसरी लोतले सारा यर्दनको बेसी आफ्नो लागि रोजे र पूर्वपट्टि गए। त्यसरी ती दुई छुट्टिए। अब्राम कनान देशमा बसे र लोत बेसीका सहरहरूबीच सदोमका छेउमा बस्न लागे। सदोमका मानिसहरू दुष्ट थिए र परमप्रभुका विरुद्धमा पाप गर्थे। लोत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट चारैपट्टि हेर्। तैँले देखेका जति जम्मै जमिन म तँलाई र तेरा सन्तानलाई दिनेछु र ती सधैँको लागि तेरा हुनेछन्। म तँलाई यति धेरै छोरा-नातिहरू दिनेछु कि कसैले तिनीहरूको गन्ती लिन सक्नेछैन। तीभन्दा बरु पृथ्वीको धुलो गन्न सजिलो होला। अब गएर पूरा देशलाई हेर् किनभने त्यो सम्पूर्ण म तँलाई दिनेछु।” अनि अब्रामले आफ्ना पाल सारेर हेब्रोनमा मम्रेका पवित्र रूखहरूका छेउमा बास गर्न थाले। त्यहाँ उनले परमप्रभुको लागि एउटा वेदी बनाए।
उत्पत्ति 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 13:8-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू