YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 1:24-31

उत्‍पत्ति 1:24-31 सरल नेपाली

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्‍वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्‍पन्‍न गरोस्,” अनि त्‍यस्‍तै भइहाल्‍यो। यसरी परमेश्‍वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो। तब परमेश्‍वरले भन्‍नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले माछा, चरा-चुरुङ्गी, ठूला-साना सबै घरपालुवा र जङ्‌गली पशुहरूमाथि अधिकार गरून्।” यसरी परमेश्‍वरले मानिसजातिलाई आफ्‍नै स्वरूपमा सृष्‍टि गर्नुभयो। तिनीहरूलाई नर र नारी गरी सृष्‍टि गर्नुभयो। परमेश्‍वरले आशिष् दिँदै यसो भन्‍नुभयो, “तिम्रा धेरै छोरा-छोरीहरू होऊन् र तिम्रा सन्‍तानले सारा पृथ्‍वी भरून् र त्‍यसमाथि अधिकार गरून्। माछा, चरा-चुरुङ्गी र सबै जङ्गलका पशुहरू म तिम्रा हातमा दिँदै छु। मैले तिमीहरूलाई सबै प्रकारका अन्‍न र फलहरू खानलाई दिएको छु। तर सबै जङ्गली पशुहरू र चरा-चुरुङ्गीको लागि चाहिँ तिनीहरूलाई खानलाई घाँस-पातहरू दिएको छु।” अनि त्‍यस्‍तै भइहाल्‍यो। परमेश्‍वरले आफूले बनाएका सबै थोकलाई हेर्नुभयो र साह्रै खुसी हुनुभयो। साँझ पर्‍यो र बिहान भयो– छैटौँ दिन।

उत्‍पत्ति 1 पढ्नुहोस्