YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 1:14-19

उत्‍पत्ति 1:14-19 सरल नेपाली

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्‍योतिहरू देखा परून्। पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्‍यस्‍तै भइहाल्‍यो। परमेश्‍वरले दिउँसो राज्‍य गर्न घाम र राती राज्‍य गर्न जून, दुईवटा ठूल्‍ठूला ज्‍योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो। उहाँले ती ज्‍योतिहरूलाई पृथ्‍वीमाथि चम्‍कन, दिन र रातमाथि राज्‍य गर्न र उज्‍यालो र अँध्‍यारोलाई छुट्ट्याउन आकाशमा राख्‍नुभयो। अनि त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। साँझ पर्‍यो र बिहान भयो– चौथो दिन।

उत्‍पत्ति 1 पढ्नुहोस्