तर समय पूरा भएपछि परमेश्वरले आफ्नो छोरालाई पठाउनुभयो। उहाँ स्वास्नी-मान्छेको कोखबाट जन्मिएर आउनुभयो र यहूदी व्यवस्थाको अधीनमा जन्मनुभयो। व्यवस्थाका अधीन हुनेहरू त्यसबाट छुटकारा पाएर परमेश्वरका छोरा-छोरी हुन सकून् भनेर नै उहाँ व्यवस्थाको अधीनमा हुनुभयो। हामी परमेश्वरकै सन्तान हौं भनी देखाउन उहाँले आफ्ना छोराको आत्मा हाम्रो हृदयमा राखिदिनुभएको छ। त्यही आत्माले हाम्रा हृदयबाट “हे अब्बा, हे बुबा,” भन्नुहुन्छ। यसकारण तिमीहरू अब कमारा होइनौ, परमेश्वरका छोरा हौ। छोरा हौ भनेता परमेश्वरले तिमीहरूलाई हकवाला पनि बनाउनुहुन्छ।
गलाती 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 4:4-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू