तर कुनै पनि मानिस व्यवस्था मानेर होइन तर येशू ख्रीष्टमा विश्वास गरेर परमेश्वरको सामु ठीक ठहरिन्छ। यो कुरा जानेर हामीले पनि परमेश्वरका सामु ठीक ठहरिन ख्रीष्ट येशूमा विश्वास गरेका छौं तर व्यवस्था मानेर त होइन। यदि हामी ख्रीष्टमा एक भएरै परमेश्वरका सामु ठीक ठहरिन खोज्दा हामी इस्राएली पनि अरू जातिका मानिसजस्तै पापी नै फेला पर्यौं भने के ख्रीष्टले पापको सेवा गर्नुभयो त? अँहँ, होइन। यदि आफैंले भत्काएर लडाएको चीजलाई नै फेरि म उठाएर बनाउँछु भने ता म आफैं नियमलाई मिचेर अपराधी बन्छु। त्यसो हुँदा म परमेश्वरको लागि जिउन व्यवस्थाको लागि मरेको छु। म क्रूसमा ख्रीष्टसँगै मारिएको छु, तैपनि म जिउँछु। त्यसैकारण मभित्र म जिउँदिनँ, ख्रीष्ट जिउनुहुन्छ। यो अहिले शरीरमा जिएको जीवन म परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु। उहाँले नै मलाई माया गर्नुभयो र आफ्नो जीवनै मेरो लागि दिनुभयो। म परमेश्वरको अनुग्रहलाई हेला गर्न सक्तिनँ। यदि मानिस व्यवस्थाले ठीक हुन्छ भने त ख्रीष्ट बलि हुनु बेकार थियो।
गलाती 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 2:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू