दाजुभाइहरू, म तिमीहरूलाई भन्दछु, मैले प्रचार गरेको सुसमाचार कुनै मानिसले उब्जाएको होइन। मैले यो कुनै मान्छेबाट पाएको होइन, कसैले मलाई यो सिकाएको होइन। तर यो येशू ख्रीष्ट आफैंले मलाई प्रकट गर्नुभएको हो। म इस्राएली धर्मको भक्त हुँदा मेरो चालचलन तिमीहरूलाई थाहा भएकै हो। त्यस बेला कसरी मैले दया नै नराखी परमेश्वरको मण्डलीलाई सताएँ अनि सकेसम्म यसलाई नाश गरें। म त्यसबेला इस्राएली धर्म मान्नेहरूमा मेरै दौंतरहरूका कट्टर अगुवा थिएँ। मेरा पुर्खाको रीतिथितिलाई म मरिमेटेर मान्दथें। तर परमेश्वरले आफ्नो खुसीले म जन्मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्नै काम गर्न बोलाउनुभयो। उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ। मभन्दा अघिका प्रेरितहरूसँग सल्लाह माग्न म यरूशलेम गइनँ। तर म झट्टै अरब देश गएँ र दमस्कसमै फर्किएँ।
गलाती 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 1:11-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू