YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 4:10-12

प्रस्‍थान 4:10-12 सरल नेपाली

तर मोशाले भने, “परमप्रभु मलाई नपठाउनुहोस्। म राम्ररी बोल्‍न सक्‍दिनँ। तपाईंको वचन सुनेर पनि म राम्ररी बोल्‍न सक्‍ने भएको छैनँ। म ढिलो अनि अड्की-अड्की मात्र बोल्‍न सक्‍छु।” परमप्रभुले उनलाई भन्‍नुभयो, “मानिसलाई कसले बोल्‍ने मुख दिन्‍छ? उसलाई कसले गुँगो वा बहिरो बनाउँछ? कसले उसलाई आँखा दिन्‍छ वा अन्‍धो बनाउँछ? यी सबै गर्ने म परमप्रभु नै हुँ। अब जा, म तँलाई बोल्‍न सघाउनेछु। के भन्‍नुपर्छ, म तँलाई सिकाउनेछु।”

प्रस्‍थान 4 पढ्नुहोस्