ती दश आज्ञाहरू बोकेर जब मोशा सीनै पर्वतबाट ओर्लिआए, तिनको चेहरा चम्किरहेको थियो किनभने तिनले परमप्रभुसित कुरा गरेका थिए तर उनलाई त्यो थाहा थिएन। हारून र सबै मानिसहरूले मोशालाई हेरे र तिनको चेहरा चम्किरहेको देखे। तिनीहरू मोशाको छेउमा जान डराए। तर मोशाले तिनीहरूलाई बोलाए र हारून र इस्राएलका सबै अगुवाहरू तिनकहाँ आए। मोशाले तिनीहरूसित कुरा गरे। त्यसपछि इस्राएलका सबै मानिसहरू तिनको चारैपट्टि भेला भए। तिनीहरूलाई मोशाले सीनै पर्वतमा परमप्रभुले दिनुभएका सबै धार्मिक नियमहरू सुनाए। मोशाले तिनीहरूसित बोलिसकेपछि एउटा घुम्टोले आफ्नो चेहरा ढाके। मोशा परमप्रभुले बास गर्ने पवित्र पालभित्र उहाँसित कुरा गर्नलाई पस्दा उनले घुम्टो खोल्थे। त्यहाँबाट बाहिर निस्किआएपछि उनले इस्राएलीहरूलाई आफूले आज्ञा पाएअनुसार सबै कुरा सुनाउँथे अनि तिनीहरूले उनको मुहार चम्किरहेको देख्दथे। त्यसपछि अर्कोपल्ट परमप्रभुसित कुरा गर्नलाई पवित्र पालभित्र नपसुञ्जेल उनले घुम्टो लगाइराख्थे।
प्रस्थान 34 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 34:29-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू