YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 32:1-4

प्रस्‍थान 32:1-4 सरल नेपाली

मानिसहरूले मोशालाई धेरै दिनसम्‍म पर्वतबाट नओर्ली ढिलो गरेको देखेर हारूनका चारैतिर भेला भएर तिनलाई भने, “हामीलाई मिश्रदेशबाट निकाली ल्‍याउने मोशालाई के भयो, हामी जान्‍दैनौं र अब हाम्रो अगुवाइ गर्न एउटा देवता बनाइदेऊ।” हारूनले तिनीहरूलाई भने, “तिमीहरूका स्‍वास्‍नी, छोरा-छोरीहरूले कानमा लाएका सुनका कुण्‍डलहरू फुकालेर मकहाँ ल्‍याओ।” तब सबै मानिसहरूले आफ्‍ना कानका सुनका कुण्‍डलहरू हारूनकहाँ ल्‍याए। हारूनले ती कुण्‍डलहरू गलाए र सुनलाई एउटा साँचोमा ढाले अनि एउटा बाछो बनाए। मानिसहरूले भने, “हे इस्राएली हो! हामीलाई मिश्रबाट निकाली ल्‍याउने देवता यिनै हुन्।”

प्रस्‍थान 32 पढ्नुहोस्