YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 25:16-22

प्रस्‍थान 25:16-22 सरल नेपाली

म तँलाई दुईवटा ढुङ्गाका पाटीहरू दिनेछु। तब ती पाटीहरू त्‍यस सन्‍दुकमा तैँले राख्‍नू। ती पाटीमा मेरा आज्ञाहरू लेखिएका छन्। “निखुर सुनको एउटा प्रायश्‍चितको ढकना बनाउनू, त्‍यो ११० सेन्‍टिमिटर लामो अनि ६६ सेन्‍टिमिटर चौडा होस्। सुन पिटेर दुईवटा पखेटा भएका करूबहरू बनाउनू र तिनलाई प्रायश्‍चितको ढकनाको लम्‍बाइपट्टि दुई किनारामा लगाउनू। ती करूबहरू प्रायश्‍चितको ढकनासँग जोडेर एउटै सुनको टुक्राजस्‍तो बनाउनू। ती करूबहरू आमुन्‍ने-सामुन्‍ने गरेर प्रायश्‍चितको ढकनामा राख्‍नू। तिनले आ-आफ्‍ना पखेटाहरू मास्‍तिर फैलाएका र प्रायश्‍चितको ढकनालाई हेरेर पखेटाले ढाकेको हुनुपर्छ। ढुङ्गाका दुईवटा पाटीहरू सन्‍दुकमा हालेर त्‍यसमाथि प्रायश्‍चितको ढकनालाई दिनू। म त्‍यहाँ तँलाई भेट्‍नेछु र प्रायश्‍चितको ढकनामाथि दुई करूबहरूका बीचबाट म इस्राएलका प्रजाको निम्‍ति मेरा सबै नियमहरू तँलाई दिनेछु।

प्रस्‍थान 25 पढ्नुहोस्