YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 25:16-22

प्रस्‍थान 25:16-22 NNRV

तब त्‍यस सन्‍दूकभित्र गवाही-पाटी राख्‍नू, जो म तँलाई दिनेछु। “अनि तैंले निखुर सुनको एउटा कृपा-आसन बनाउनू। त्‍यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको होस्‌। पिटेको सुनका दुई वटा करूबहरू कृपा-आसनका दुवै किनारमा होऊन्‌— एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्‍यसका दुई किनारमा बनाउनू। ती करूबहरूले आ-आफ्‍ना पखेटा मास्‍तिर फैलाएका र कृपा-आसनलाई आफ्‍ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ। त्‍यो कृपा-आसनलाई सन्‍दूकको माथि राख्‍नू, अनि सन्‍दूकभित्र गवाही-पाटी राख्‍नू, जो म तँलाई दिनेछु। त्‍यहीँ म तँसित भेट गर्नेछु, अनि कृपा-आसनमाथि, गवाही-पाटीको सन्‍दूकमाथि हुने ती दुई करूबहरूका बीचबाट इस्राएलीहरूका निम्‍ति सबै आज्ञाहरू म तँलाई दिनेछु।”