YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 21:20-24

प्रस्‍थान 21:20-24 सरल नेपाली

“कुनै मानिसले आफ्‍नो कमारो वा कमारीलाई लट्ठीले हिर्काउँदा कुटेकै ठाउँमा मर्‍यो भने त्‍यस मानिसलाई दण्‍ड हुनेछ। तर त्‍यो कमारो वा कमारी एक वा दुई दिनसम्‍म मरेन र त्‍यसपछि मात्र मर्‍यो भने त्‍यसलाई दण्‍ड दिइनेछैन। क्षति भएको धन नै त्‍यसको निम्‍ति दण्‍ड हुनेछ। “मानिसहरू आपसमा झगडा गर्दा कुनै गर्भवती स्‍त्रीलाई चोट लाग्‍यो र त्‍यसको गर्भ तुहियो तर स्‍त्री आफैंलाई चाहिँ अरू कुनै हानि भएन भने चोट लगाउने मानिसले त्‍यस स्‍त्रीको लोग्‍नेले दाबी गर्दा न्‍यायाधीशले तोकेको जरिवाना तिर्नुपर्नेछ। तर त्‍यस स्‍त्रीलाई चोट लाग्‍यो भने त्‍यस मानिसले प्राणको साटो प्राण, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात, खुट्टाको साटो खुट्टा

प्रस्‍थान 21 पढ्नुहोस्