YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 14:19-31

प्रस्‍थान 14:19-31 सरल नेपाली

इस्राएली सेनाको अघि-अघि जाने परमेश्‍वरको दूत हटेर पछिल्‍लोपट्टि गए। बादलको खम्‍बा पनि सरेर मिश्री र इस्राएलीहरूका बीचमा खडा भयो। बादलले मिश्रीहरूपट्टि अँध्‍यारो पारिदियो तर इस्राएलीहरूपट्टि उज्‍यालो रह्यो। यसरी तिनीहरू रातभरि नै एक अर्काको नजिक आउन सकेनन्। मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे। पूर्वबाट जोडसाथ बतास चलाएर परमप्रभुले समुद्रलाई सुकाइदिनुभयो। बतास रातभरि चल्‍यो र समुद्र ओबानो जमिन भयो। पानी दुई भाग भयो। इस्राएलीहरू समुद्र बीचबाट ओबानो भूमिमा हिँडेर गए अनि दुवैपट्टि पानीका पर्खाल लागेका थिए। मिश्रीहरू तिनीहरूका पछिपछि गए र समुद्रमा पसे। घोडा, रथ र सारथीहरूसमेत तिनीहरू समुद्रमा गए। बिहान हुनुअघि आगो र बादलका खम्‍बाबाट परमप्रभुले मिश्री सेनालाई हेर्नुभयो र तिनीहरू डरले अत्‍यन्‍तै भयभीत भए। उहाँले हिलोमा रथका चक्‍काहरू भसाइदिनुभयो र ती अड्किए। बढी कठिनले रथ चल्‍न थाले र मिश्रीहरूले भन्‍न लागे, “इस्राएलीहरूको निम्‍ति हाम्रा विरुद्धमा परमप्रभु लड्दै हुनुहुन्‍छ। हामी यहाँबाट निस्‍कौं!” परमप्रभुले मोशालाई भन्‍नुभयो, “समुद्रमाथि आफ्‍नो हात पसार्‌ र मिश्रीहरू र तिनका रथ र सारथीहरूमाथि पानी उर्ली आउनेछ।” मोशाले समुद्रमाथि आफ्‍नो हात पसारे र बिहान हुँदा पानी आफ्‍नो सधैँको ठाउँमा फर्की आयो। मिश्रीहरू पानीबाट भाग्‍न खोजे तर परमप्रभुले तिनीहरूलाई पानीमै फाल्‍नुभयो। पानी फर्केर आयो, रथ, सारथी र इस्राएलीहरूलाई खेद्दै समुद्रमा पसेका सारा मिश्री सेनालाई डुबायो एक जना पनि बाँचेन। तर इस्राएलीहरू समुद्रमा दुवैपट्टि पानीका पर्खालका बीचबाट ओबानो भूमिमा हिँडेर गए। त्‍यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूदेखि बचाउनुभयो। मिश्रीहरू लाल समुद्रका किनारभरि लडिरहेका इस्राएलीहरूले देखे। परमप्रभुले आफ्‍नो महान् शक्तिले मिश्रीहरूको हार गराउनुभएको देखेर इस्राएलीहरूले परमप्रभुको डर माने। तिनीहरूले परमप्रभु र उहाँको दास मोशामाथि विश्‍वास गरे।

प्रस्‍थान 14 पढ्नुहोस्