त्यही दिन अहासूरस राजाले यहूदीहरूको शत्रु हामानका सारा धन-सम्पत्ति एस्तर रानीलाई दिए। मोर्दकै मेरा नातेदार हुन् भनी एस्तरले राजालाई भनिन् र त्यस दिनदेखि राजाको अघि हाजिर हुने अनुमति मोर्दकैले पाए। राजाले आफ्नो छाप भएको औँठी खोले (जो उनले हामानबाट फिर्ता लिएका थिए) र मोर्दकैलाई दिए। एस्तरले हामानको धन-सम्पत्ति मोर्दकैको जिम्मामा दिइन्। त्यसपछि एस्तर राजाका पाउमा परी रुँदै फेरि उनीसित बिन्ती गर्न थालिन्। अगागको सन्तान हामानले यहूदीहरूका विरुद्धमा गरेका दुष्ट षड्यन्त्र रोक्नलाई केही गरिदिनुहोस् भनी तिनले राजालाई बिन्ती गरिन्। राजाले तिनीतर्फ आफ्नो सुनको राजदण्ड पसारे र तिनी उभिइन् र भनिन्, “राजन्, हजुरको अनुमति भए अनि ममाथि निगाह हुन्छ र यो कुरा हजुरलाई उचित लाग्छ भने हामानले दिएको आज्ञापालन नगरियोस् भनी एउटा नयाँ उर्दी निकालियोस्। अगागको सन्तान हम्मदाताको छोरोले राज्यमा भएका सबै यहूदीहरूलाई मार्नू भनी दिएको आज्ञा रद्द गरी अर्को घोषणा-पत्र लेखियोस्। त्यो आपत-विपत मेरा जातिमा आइपर्यो र मेरा कुटुम्बहरू मारिए भने म कसरी सहन सकूँला र?” राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, यहूदीहरूका विरुद्धमा रचेका जालको निम्ति मैले हामानलाई झुन्ड्याएँ। त्यसका धन-सम्पत्ति मैले एस्तरलाई दिएँ।
एस्तर 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 8:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू