YouVersion लोगो
खोज आइकन

एस्‍तर 7:1-4

एस्‍तर 7:1-4 सरल नेपाली

तब राजा र हामान दोस्रो चोटि रानी एस्‍तरकहाँ भोजमा गए। दाखमद्य पिउँदैगर्दा राजाले फेरि रानीलाई सोधे, “रानी एस्‍तर, अब भन, के चाहन्‍छ्यौ? मलाई भन र त्‍यो तिमीले पाउनेछौ। म आधा राज्‍य नै भए पनि तिमीलाई दिनेछु।” एस्‍तर रानीले उत्तर दिइन्, “राजन्! मेरो नम्र बिन्‍ती हजुरले मन्‍जुर गर्नुहुन्‍छ भने म र मेरा जातिका मानिसहरूका प्राणको रक्षा होस्। म र मेरा जाति मारिनलाई बेचिएका छौं। कमारा हुनलाई मात्र बेचिएका भएता म चुपै लागेर बस्‍ने थिएँ र हजुरलाई कष्‍ट दिनेथिइनँ। तर हामी नाश हुन आँटेका छौं, हाम्रो नाउँ-निशाना मेटिने भएको छ।”

एस्‍तर 7 पढ्नुहोस्